
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६२ पीसीअर परीक्षणमा ६सय ९६ र ३ हजार ५ सय २ एन्टिजेन परीक्षणमा २ सय ४८ जना गरी ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।
त्यस्तै २ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।