चितवन । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भरतपुर महानगरपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा सचेत सुवेदी चयन भएका छन् । आज सोमबार भएको प्रथम सम्मेलनले ३९ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा सुवास सुवेदी, सचिवमा मदन कट्टेल, सहसचिवमा प्रदिप पराजुली, सफल भट्ट, प्रकाश टंडन र कोषाध्यक्षमा ममता पौडेललाई चयन गरेको छ । एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य देवि ज्ञवाली, अनेरास्ववियुका उपाध्यक्ष निशा अधिकारी, स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट, केन्द्रीय सदस्य देव पाठक, केन्द्रीय सदस्य धिपन भण्डारी, जिल्ला अध्यक्ष प्रकाश आचार्य लगायतकोको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस !