काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार तय गरेको हो।

प्रदेश १ मा गाेपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पाैडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरूङ र सुदूरपश्चिम नारायण दत्त मिश्र उम्मेदवार बनेका छन्। उम्मेदवारमध्ये दुई जना सत्तापनइतर पक्षका छन्। कमला पन्त र नारायण दत्त मिश्र भने शेखर कोइराला पक्षका हुन्। यही माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस !