काठमाडौं । सत्तासीन नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आज साेमबार बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ । कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीमा धमाधम मनाेनयन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !