चितवन । रत्ननगर नगरपालिका वडा नं ३ वडा कार्यालयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साईकल वितरण गरेको छ । सो वडा भित्र रहेको बेल्सी आधारभुत विद्यालयमा अध्ययनरत छात्रालाई साईकल वितरण गरिएको हो । सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्राहरुलाई साइकल प्रदान गरिएको उहाँको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वन र वडाध्यक्ष भट्टराईले विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गर्नुभएको थियो । सो अबसरमा मेयर वनले सामुदायिक विद्यालयमा पढ्ने नगर भित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताउनु भयो । सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अबस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई साइकल दिन सुरु गरिएको उहाँले बताउनु भयो । आफ्नो बाबु नानीलाई निजी विद्यालयमा पढाउने शिक्षकहरुलाई जागिर छाड्न पनि उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशब आचार्य, कार्यपालिका सदस्य मीना गिरी, वडा सदस्यहरु किशोरबाबु पुरी, प्रेमकुमारी चौधरी, वडा सचिव चन्द्रमणी आचार्य, विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल, नेकपा एमालेका केवल न्यौपाने, नेपाली कांग्रेसका छविलाल घिमिरे, समाजसेवी उत्तम आचार्य, राजेन्द्र कोइराला, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, विद्यालय स्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
Shishir Simkhada
President/Editor in Chief
……………
Akash Banjara
Director
Kalika Broadcasting Network Pvt. Ltd.
Head Office: Kalika-06, Chitwan
Phone: +977-1-9855063270
Corporate Office: Bharatpur-10, Chitwan
Phone: +977-01-9845053770
Email: kalikadainik@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: 1276/075-76
Copyrights © 2022 Kalika Dainik All Rights Reserved
Developed by Namuna Computer