डालियान ।  उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त दुर्घटना शुक्रबार बिहान ११:११ मा भएको थियो र दिउँसो १:०० बजे आगो निभाइएको थियो।
आगो निभाउने क्रममा नौ जना पीडितमध्ये एकजना अग्निनियन्त्रकको मृत्यु भएको थियो । पाँच जना सामान्य घाइते भएका छन् र उपचाररत छन् । त्यसैगरी चार जना अझै अस्पतालमा छन् भने एक जना डिस्चार्ज भइसकेका छन् ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस !