काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनका लागि चुनावमा जाने अवस्था आउनसक्ने बताएका छन्। जारी महाधिवेशनमा बन्दसत्र हलबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

‘लोकतन्त्रलाई कुण्ठित गर्न मिल्दैन। चुनावमा जानै परे जनवादी अभ्यास गरेर अघि बढ्छौं,’ उनले भने। बन्दसत्र दुई घन्टाका लागि स्थगित गरिएको छ। बन्दसत्र स्थगित भएपछि महाधिवेशन आयोजक समितिको बैठक बस्न लागेको हो।

बैठकले नयाँ नेतृत्व चयनका लागि सर्वसहमतिको प्रयास गर्ने एक नेताले बताए। उनका अनुसार पदाधिकारीमा समावेशी सिद्धान्त लागू गरिने छ।

प्रतिक्रिया दिनुहोस !