कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लाका हिमपात सुरु भएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएको हो ।

हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गको विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ ।

प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाका अनुसार डडेल्धुराको साउखर्क , हगुल्टे तथा बैतडीको खोड्पेमा हिमपातका कारण सडक अवरुद्ध भएको हो ।

सडकमा तीन फिट सम्म हिउँ जमेपछि सडक अवरुद्ध भएको प्रादेशिक ट्राफिक कार्यालय अत्तरिया प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

ती क्षेत्रमा हिउँ हटाएर सडक सुचारु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । सवारीका साधन राजमार्गमै रोकिएका कारण सवार यात्रुहरूलाई निकै समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस !