चितवन । नेकपा  एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कालिका नगरपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा निर्मल धिताल चयन भएका छन् । आज सोमबार भएको प्रथम सम्मेलनले १९ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा सुरेश सापकोटा, सचिवमा विशाल थापा, सहसचिवमा समिर अधिकारी, निश्चल कुमाल, दिपक महत्तो र कोषाध्यक्षमा सुस्मिता आचार्यलाई चयन गरेको छ । एमाले वागमति प्रदेश कमिटी सदस्य तथा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट, जिल्ला अध्यक्ष प्रकाश आचार्य, अनेरास्ववियु बाग्मती प्रदेश सदस्यीय शिव ढकाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !