चितवन । लायन्स क्लव अफ काठमान्डु सानी भेरी र लायन्स क्लव अफ काठमान्डु शुभ आरम्भले चेपाङ संरक्षण केन्द्रका १७२ जना बिध्यार्थीलाई ८० थान न्यानो ब्ल्यांकेट सहयोग  प्रदान गरेको छ ।

न्यानो कपडा ( ब्ल्यांकेट) सहयोग प्रदान कार्यक्रमको क्रममा लायन्स क्लव अफ काठमान्डु सानीभेरीका अध्यक्ष सुदीप सिंखडाले एक ब्यक्तिको निगरानीमा १७२ जना सिमान्तकृत चेपाङ बालबालिकालाई बिगत १२ वर्ष देखि खाना, नाना र छानाको जोहो गर्नु कल्पना भन्दा बाहिरको अपत्यारिलो कुरो जस्तो लागे पनि प्रतक्ष्य देख्दा अचम्भित भएको बताउनुभयो ।

शिक्षा प्रदान संगसंगै ब्यबहारिक दैनिकी कर्म, कृषि कर्म र शीपमुलक अभियानमा पनि अहिले देखि नै जोड्दै लैजाने हो भने बालबालिकाहरुको भविष्यमा धेरै सम्भावना देखेको बताउनुभयो ।

मन्तब्यकै क्रममा चेपाङ संरक्षण केन्द्रकी सचिव अनिता अर्यालले यो पुस्ताका केन्द्रमा आश्रीत बालबालिकाहरुलाई पुर्ण शिक्षा दिएर आत्मनिर्भर बनाउन सकेको खन्डमा भोलिको दिनमा कहिँ पनि र कहिल्यै झोला बोकेर उनिहरुको दोस्रो पुस्तालाई माग्नु नपर्ने कुरो राख्नुभयो । एक ब्यक्तिको अभियानमा विश्वाश गरी देश तथा बिदेशबाट समयसमयमा आर्थिक, खाध्य तथा भौतिक सहयोगकै कारणले बालबालिकाहरुले पढाईलाई निरन्तरता दिनु पाएको जानकारी पेस गर्दै क्लवद्वयका संयुक्त दानदातालाई सहयोग प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

केन्द्रका अध्यक्ष केपिकिरण शर्माले न्यानो ब्ल्यांकेटको अभावमा असहज चिसो सहेर सुत्नु बाध्य बालबालिकालाई क्लव द्वयको तर्फबाट प्रदान गरेको ब्ल्यांकेटले आजबाट सहजको निन्द्रामा सुत्न पाउने भएकोले दातृ संस्था र उपस्थित प्रतिनिधिहरु प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।
बिगतका संघर्षमय दुख स्मरण गर्दै अभियानलाई एकाध ब्यक्ती बाहेक अधिकतर ब्यक्तिहरुले सकारत्मक रुपमा लिइदिनुभएकोले आज अभियानले सार्थकता पाएको बताउनुभयो ।

एउटा पिँढिलाई मार्गदर्शन र शिक्षा बाट बिभुषित गराइदिएपछी अबको अबको १२ वर्ष पछि सम्भवत: यो संस्थाको औचित्य र आवश्यकता नपर्न सक्ने तिर पनि भावी सकेत गर्नुभयो ।

लायन्स क्लव अफ काठमान्डु सानीभेरीका अध्यक्ष सुदिप सिंखडाको सभापतित्वमा आयोजित न्यानो कपडा वितरण कार्यकममा रत्ननगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यको प्रमुख अतिथ्यता रहेको थियो भने सानी भेरीका उज्वल लामिछाने, सुजाता खनाल, अरुण भुजेल, झरना चटौत, मिनिता क्षेत्री र उत्तम पुडासैनीको सहभागिता रहेको थियो भने शुभारम्भ क्लवका सेक्रेटरी सुनैना श्रेष्ठ, जोन चेयर पर्सन धनु सिंजाली, आधार क्लवकी डाइरेक्टर रिंकु श्रेष्ठ, नेपाल तेक्वान्दोका अन्तरराष्ट्रीय प्रशिक्षक रोशन खान, चितवन तेक्वान्दो डोजाङका सचिव शैलेश श्रेष्ठ, केन्द्रकी सचिव अनिता अर्याल र समाजसेवी तथा स्वास्थ्य परिचारिका टीका कुमारी नेपालको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको सन्चालन सुरेन्द्र कुमार संघईले गर्नुभएको थियो ।

सोही सहयोग हस्तान्तरण कार्यक्रममा चितवन भरतपुर घर भई जापान बस्नुहुने रामु कँडेलको शुभजन्मदिनको अवसरमा जापानमा रहेर चेपाङ संरक्षण केन्द्रको लागि अहोरात्र सेवा र आर्थिक सहयोग जुटाउनुहुने केन्द्रका सल्लाहकार दीपक नेपालको पहलकदमीमा आफ्नो जन्मदिनमा गरिने फजुल खर्छ कटौती गरी रामु कँडेल र उहाँकी धर्मपत्नी गोमा आचार्यले प्रेषण गर्नुभएको रु. १० हजारको चेक केन्द्रका अध्यक्ष शर्मालाई दीपक नेपालका आमा टीका कुमारी नेपालले हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !