चितवन ।  मेडिकल स्टकिष्ट क्लव अफ नारायणगढको अध्यक्षमा मदनकृष्ण घिमिरे चयन भएका छन् । कालिका नगरपालिकाको जुटपानीमा भएको संस्थाको १६ औं साधारणसभा तथा ७ औँ अधिवेशनले घिमिरेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति दुई बर्षका लागि चयन गरेको हो । जसको उपाध्यक्षमा श्रीनिवास पौड्याल, महासचिव विज्ञान पौडेल, कोषाध्यक्ष प्रकाश गुरुङ सचिव नारायण पौडेल, सहकोषाध्यक्ष रामकृष्ण खकुराल सर्वसम्मत चयन भएका छन् । संस्थाको विधान अनुसार निवर्तमान अध्यक्ष विष्णुप्रसाद बास्तोला पनि कार्य समितिमा रहने संस्थाका महासचिव विज्ञान पौडेलले जानकारी दिए । क्लवका अध्यक्ष विष्णुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संस्थाका संस्थापक सूर्यप्रसाद शर्मा रहेका थिए । कार्यक्रममा नेपाल औषधि व्यावसायी संघ बागमती प्रदेशका उपाध्यक्ष शिवप्रसाद पण्डित, श्रीनिवास पौड्याल, मदनकृष्ण घिमिरे, मेघनाथ पौडेल, कपिल सुवेदी, बद्री खनाल, आनन्द चालिसे लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस !