रूपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार राती रुपन्देही आउनुभएको छ । सोमबार राती ८ बजे भैरहवा आउनुभएका उहाँ मणिग्रामस्थित ड्रिम ल्याण्ड होटलमा बस्नुभएको छ।

मंगलबार दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रुपन्देही पुगेको एमाले सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभयो । अध्यक्ष ओली साँझ ८ बजे यति एयरलाइन्सको विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आउनुभएको हो । मौसम खराबीले नियमित उठानमा समस्या भएकाले एकदिन पहिले नै आएको एमाले नेताको भनाई छ ।

यसअघि मंसिर १ गते बाँकेको नेपालगन्जमा नेता पशुपति दयाल मिश्रसहित ४ हजार ५ सय नेता कार्यकर्ता प्रवेश कार्यक्रममा ओली पुग्नुभएको थियो । पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ कांग्रेसका अभिशेक प्रताप शाहसँग निकटतम प्रतिद्धन्द्धी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !