काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रहरीका अनुसार केही समय अघि कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।

आगलागीको कारण खुलिनसकेको र अहिलेसम्म क्षतिको विवरण पनि प्राप्त भएको छैन । आलो नियन्त्रणमा लिन काठमाडौंका दुई, भक्तपुरबाट एक र ललितपुरबाट एक दमकल आएको छ । थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !