काठमाडौँ ।  बंगलादेश ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा नेपाल भारतसँग १/० गोल अन्तरले पराजित भएको हो।

जितसँगै भारत फाइनमा प्रवेश गरेको छ । राउन्ड रोबिन पछि शीर्ष २ टोलीले पुस ७ गते उपाधिका लागि खेल्नेछन्।

५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो। नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । जित निकालेको भारतको ३ जित र १ हारसहित ९ अंक छ ।

प्रतिक्रिया दिनुहोस !