चितवन । नेकपा समाजवादी निकट युवा संघ रत्ननगर १५ का अध्यक्ष रामहरि अधिकारी एमाले पार्टीमा प्रवेश गरेका छन् । लामो समय नेकपा एमालेमै रहेका अधिकारी पार्टी विभाजनको क्रममा नेकपा समाजवादीमा आवद्ध हुन पुगेका थिए ।

नेकपा एमाले रत्ननगर नगर कमिटीको दोश्रो पूर्ण बैठक एवम् स्वागत तथा सम्मान कार्यक्रममा अधिकारी नेकपा एमालेमा प्रवेश गरेका हुन् । विद्यार्थीकालदेखि नेकपा एमालेमा क्रियाशील रही रत्ननगर १५ को पार्टी कमिटी र युवा संघमा आवद्ध अधिकारीले कम्युनिष्ट पार्टीको मूलधार नेकपा एमाले नै भएको भन्दै आज नेकपा एमालेमा प्रवेश गरेका थिए ।

उनलाई नेकपा एमालेका उपाध्यक्षद्वय राम बहादर थापा बादल र सुरेन्द्र पाण्डेले पार्टी प्रवेश गराएका थिए । सो कार्यक्रम नेकपा एमाले रत्ननगर नगर कमिटीका अध्यक्ष ईश्वरी प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !