चितवन । पूर्वी चितवनको रत्ननगर १३ जयमङ्गलामा रहेको श्रीराम वैदिक संस्कृति गुरूकुलम् (मन्दिर) मा गत मंसिर २९ गतेदेखि धनधान्याञ्चल महायज्ञ जारी रहेको छ ।

गुरूकुलका अधुरा निर्माण कार्यहरू पुरा गर्न तथा सो आश्रममा आश्रित विद्यार्थीहरूको पठनपाठन व्यवस्थित गर्न सो धनधान्याञ्चल गरिएको हो । सो कार्यका अतिरिक्त वैदिक सनातन धर्मको संरक्षण, सम्वद्र्धन समेत गर्ने उद्देश्यले सो धनधान्याञ्चल एवम् साम्ब पुराण ज्ञान यज्ञ गरिएको यज्ञ आयोजक समितिका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो ।

यही पुष ५ गतेसम्म संचालन हुने यज्ञमा आवाल ब्रम्हचारी विद्धानबाट चिद्र्धन चैतन्य गुरूको मुखारविन्दबाट कथा, पाठपारायण एवम् प्रवचन भइरहेको यज्ञ समितिका संयोजक ठाकुर प्रसाद लामिछानेले जानकारी दिनुभयो । सो गुरूकुलमा ७० जना बटुक विद्यार्थीहरू आवासीय रूपमा रही निशुल्क अध्ययन गरिरहेका छन् भने ८ जना शिक्षकहरूले अध्यापन गराइरहेको गुरूकुलम्का प्राचार्य वैकुण्ठ अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !