काठमाडाैँ । नेपाली कांग्रेसको महामन्त्रीमा काठमाडाैँका गगनकुमार थापा र झापाका विश्वप्रकाश शर्मा विजयी भएका छन । केही मत गणना बाँकी हुँदै थापा र शर्मा विजयी भएका हुन । अब गन्न बाँकी सबै मत डा प्रकाशशरण महतले पाए भने उनी जित्न सक्ने अवस्थामा छैनन् ।

कांग्रेस निर्वाचन समितिले दिएको ४३९० मतगणनामा गगन कुमार थापा २८२३, विश्व प्रकाश शर्मा १८२४, प्रकाश शरण महत १४५५, प्रदिप पौडेल १३०३, मिनेन्द्र रिजाल ७५३ र राजाराम कार्कीले १०० मत प्राप्त गरेका छन ।
यसअघि नै सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्वाचित भैसकेका छन ।गुटका हिसावमा उपसभापति र महामन्त्रीमा देउवा समूहबाट एक/एक जना विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस !