काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा अवरोध कायम रहने बताउनु भएको छ । संस्द बैठक बस्नुअघि आज बसेको एमाले संसदीय दलको बैठकमा दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले विरोधको कार्यक्रम जारी राख्ने बताउनु भएको हो ।

‘हाम्रो विरोधको कार्यक्रम निरन्तर रहन्छ । विरोधको कार्यक्रम अघि बढाउँछौँ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले बैठकमा सरकारले एमालेले विरोध गरिरहोस् भन्ने चाहेको पनि बताउनु भयो । ‘सरकारले हाम्रो उपस्थिति नहोस्, विरोध जारी राखोस् भन्ने चाहेको छ,” ओलीको भनाई छ । अध्यक्ष ओलीले पार्टीले कारबाही गरेका सांसदहरूलाई त्यहाँ किन राखिएको ? भन्दै सभामुखसामू प्रश्न गर्नुभयो ।

सरकारले आजबाट संसद बैठक बोलाएअनुसार आजदेखि प्रतिनिधिसभाको दशौँ अधिवेशन सुरु हुँदै छ । माधव नेपालसहितका नेताहरुमाथि गरिएको कार्वाहीलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरेपछि एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !