चितवन । चितवन बन्द गराउँदै हिडेका १२ जना पक्राउ परेका छन् । (एमसीसी) खारेजीको माग गर्दै चितवन बन्द गराउदै हिंडेका विभिन्न राजनीतिक दलका कार्यकर्ता पक्राउ परेका चितवन प्रहरीले जनाएको छ ।
बन्दकर्ताहरुले नारायणगढमा एउटा ट्रकमा तोडफोड गरेका छन् । विहान न्यूरोडतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख १३१२ नम्बरको ट्रकमा बन्द कर्ताहरुले तोडफोड गरेका हुन् ।


ढुंगा प्रहारबाट ट्रकको सीसा फुटेको चितवन प्रहरीले जनाएको छ । ट्रकमा ढुंगा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रमा तोडफोड लगायतका गतिविधि हुन नदिन अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै चितवन बन्द गराउँदै हिडेका १२ जना प्रहरीले पक्राउ गरि सकेको छ । माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजबादी), विप्लव नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, मोहन बैद्य र ऋषि कट्टेलको नेकपा, त्रिमुल, जनरोकार मञ्ज लगायतका १३ वटा दल रहेका छन् । आज चितवन बन्दको आव्हान गरिएपनि जिल्लामा बन्दको प्रभाव परेको छैन ।

 

प्रतिक्रिया दिनुहोस !