चितवन । पुर्वी चितवनको कालिका-४, पदमपुर स्थित क्याम्पस चौरमा गत मङ्सिर २३ गते बिहीबार देखि प्रथम पदमपुर पर्यटक सांस्कृतिक तथा ब्यापारीक महोत्सव-२०७८ शुरु भएको छ ।
महोत्सवमा आज लोक गायक राजु परियार सहितका कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले बताएका छन । गत शुक्रबार लाहुरेको विशेष प्रस्तुति भएको थियो । कलाकार भि टेनको पुस २ गते र मिस्टर डि को पुस ३ गते बिशेष प्रस्तुति रहने आयोजकले बताएका छन ।
पुष ४ गतेसम्म हुने सो महोत्सवबाट हुने आम्दानीले स्थानिय श्री साङगे कज्युङ्ग गुम्बा निर्माणमा सहयोग गरिने आयोजकले बताएका छन । महोत्सवबाट करिब ८ देखि १० लाख रुपैया बचत हुने अनुमान गरिएको छ । सो गुम्बाको आयोजनामा हुने महोत्सवको संयोजक रन्जित कार्की रहेका छन । महोत्सवमा एक सय ब्यबसायीक स्टल, खेल मनोरञ्जन परिसर पनि रहेका छन । सो महोत्सवमा दर्जनौ कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा राजु परियार लाहुरे बिराज भट्ट दुर्गेस थापा ज्योति मगर कमल खत्री पशुपति शर्मा मिलन लामा खुमन अधिकारी प्रीति आले उमादेवी खनाल मार्मिक लामा प्रकाश पराजुली अर्जुन सापकोटा समिक्षा अधिकारी लगायतको प्रस्तुति रहने आयोजकले बताएका छन ।
Related