चितवन । नेकपा एमालेको बागमती प्रदेश ईन्चार्जमा एमाले नेता एवं स्थाई कमिटी सदस्य  काशीनाथ अधिकारी चयन हुनुभएको छ । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकबाट अधिकारीले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउनु भएको हो ।

यस अगाडी बागमती प्रदेशकै सह- इन्चार्जमा रहि कुशलता पुर्वक जिम्मेवारी पूरा गर्नुभएका एमाले नेता अधिकारी निष्ठाको राजनीति गर्ने स्वच्छ छवीका कुशल र ईमान्दार ब्यक्ती हुनुहुन्छ ।

पुर्व साम्सद समेत रहनुभएका अधिकारीको नेतृत्वले बागमती प्रदेशको एमाले संगठन थप मजबुत बन्ने समेत बिश्वास लिईएको छ ।

सोही बैठकले प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे प्रदेश २ मा रघुवीर महासेठ गण्डकीमा पद्मा अर्याल लुम्बिनीमा छबिलाल विश्वकर्मा कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !