काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज पनि जारी रहेको छ । आज बिहान ११ बजे भक्तपुरस्थित जर्मन होममा बस्ने बैठकले १५ स्थायी कमिटी, पोलिटब्युरो गठनदेखि केन्द्रीय सदस्यको कार्यबिभाजनसम्मका बाँकी एजेण्डामा निर्णय लिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकको पहिलो दिन शनिवार एमालेले बैठक सञ्चालन कार्यबिधि अनुमोदनलगायतका ९ ओटा निर्णय गरेको छ ।

यी हुन ९ निर्णय

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरू –
१. शपथ ग्रहण गर्न बाँकी केन्द्रीय सदस्यहरूबाट शपथ ग्रहण
२. केन्द्रीय सल्लाहकार परिषद्को गठन र अध्यक्षमा कमरेड अमृत बोहरा चयन
३. महाधिवेशनको संक्षिप्त समिक्षा, अत्यन्त भव्य, सफल र ऐतिहासिक रहेको निष्कर्ष
४. सबै जिल्ला अधिवेशन पुस २३ मा र प्रदेश अधिवेशन माघ ८ मा आयोजना गर्ने
५. सबै जनसंगठनलाई आफ्ना राष्ट्रिय सम्मेलन/ अधिवेशन फागुनभित्र सम्पन्न गर्न निर्देशन
६. पुस-माघ- फागुन तीन महिना महाधिवेशन सन्देश सम्प्रेषण र पार्टी प्रवेश अभियान सन्चालन गर्ने
७. विधान सम्पादन र नियमावली संशोधनका लागि कमरेड विष्णु पौडेलको संयोजकत्वमा खगराज अधिकारी र रमेश बडाल सहितको कार्यदल गठन, एक साताको समयसीमा
८. बैठक सन्चालन कार्यविधि अनुमोदन
९. कार्यालय व्यवस्थापन- दुई महिनाभित्र तुलसीलाल प्रतिष्ठानमा स्थानान्तरण, एमआइएस प्रणाली लागू गर्ने र आफ्नै विधुतीय सन्चार नेटवर्क प्रयोग गर्ने ।

प्रतिक्रिया दिनुहोस !