चितवन । चितवन जिल्लाका ६ जना पत्रकार प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य चयन भएका छन् । चौतारीलाई पूर्णता दिने क्रममा ४ जना पत्रकार केन्द्रीय सदस्यमा मनोनित भएसंगै जिल्लाबाट ६ जना केन्द्रीय सदस्य भएका हुन । यस अघि पत्रकार शिशिर सिंखडा र शालिग्राम नेपाल प्रेस चौतारीको महाधिबेशनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । शनिवार केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाका हरि प्रसाद पोखरेल,राधेश्याम खतिवडा,तीर्थ नेपाल,तिलक रिमाल मनोनित भएका हुन । ८४ सदस्यीय केन्द्रीय कमिटी रहेको चौतारीलाई पूर्णता दिँदै २३१ सदस्यीय बनाइएको छ । चौतारीमा १८ जना पदाधिकारी तथा लेखा र अनुसासन आयोगका अध्यक्ष पनि पदाधिकारी रहने छन् । शनिवार केन्द्रीय अध्यक्ष बस्नेतले ७७ वटै जिल्लाबाट केन्द्रीय सदस्य मनोनित गरेका हुन ।

प्रतिक्रिया दिनुहोस !