चितवन ।  गजल मन्च चितवनले आफ्नो स्वर्गीय अध्यक्ष द्वारिका नेपाललाई सम्झदै आफ्नाे साताैँ गजल श्रृङखला सम्पन्न गरेकाे छ । चितवन साहित्य परिषदकाे सभाहलमा शनिबार सम्पन्न उक्त श्रृङखला मा ख्यातिप्राप्त गजलकारहरु दिलु थापा मगर ,नवराज ढकाल ,विक्रम ढकाल अनुराग , सरस्वती पाैडेल र अविरत शुमनले वेजाेड गजल वाचन गर्दै सहभागी साहित्य अनुरागीहरुलाई उमँगित वनाएका थिए ।

अत्यन्त मार्मिक तथा प्रेमिल भावमा वाचित गजलले सहभागीहरुलाई भावुक समेत वनाएकाे गजलमन्च का सदस्य समेत रहेका वाशुदेव अधिकारी ले वताउनुभयाे । साहित्यका द्वारिका नेपालकाे निधन पश्चात् पहिलाे कार्यक्रम गरेकाे गजल मन्चले स्वर्गीय द्वारिका नेपालकाे आत्माको चिरशान्तिका लागि माैन धारण समेत गरिएको मन्चका काेषाध्यक्ष कमल अर्यालले वताउनुभयाे ।

स्वर्गीय द्वारिका नेपालकाे स्मृतिमा गजल मन्च चितवनले स्थापना गरेकाे अक्ष्ायकोष काेषकाे घाेषणा गरिनुका साथै गजलकार चेतनाथ रुवाली काे आमा र अमला अधिकारी काे आश्रय गजल कृति लाई रमादेवी हिरालाल स्मृति पुरस्कार सँयुक्तरुपमा प्रदान गरिएको थियाे । पुरस्कारको राशि १०१०१/- रहेकाे छ । राशि काे काेष वृद्धि गरिदैलैजाने कार्यवाहक लेखराम सापकाेटाले वताउनुभयाे । कार्यक्रम लेखराम सापकोटा काे सभाध्यक्षता मा सचिव रामकृष्ण अनायास द्वारा सहजिकरणगरिएको थियाे भने सदस्य अम्विका कार्की द्वारा स्वागत गरिएको थियाे ।
चितवन र आसपासका वरिष्ठ साहित्यकार , गजलकारहरुकाे वाक्लाे उपस्थिति रहेकाे साे सभामा स्वर्गीयy द्वारिका नेपाल काे याेगदानकाे चर्चा गरिएको थियाे ।
द्वारिका नेपालका गएकाे दशैकाे समयावधि कै समयमा मस्तिष्कघातका कारण निधन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !