काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराउनुभएको थियो । उहाँ सभागृह पुग्दा उहाँका समर्थक नेता तथा कार्यकर्ताहरूले स्वागत गर्नुभएको थियो । उहाँको साथमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरू सभागृह पुग्नुभएको थियो ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता जारी रहेको छ । यसैगरी उपसभापतिमा दिव्यश्वरी शाह, महामन्त्रीमा डा प्रकाशरण महत, डा राजाराम कार्की र प्रदीप पौडेलले पनि मनोनयन दर्ता गराउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !