चितवन । कालिका नगरपालिका–७ क्लवचोकमा रहेको दिपज्योति मल्टीसप्लायर्सबाट सामान खरिद गरेका ग्राहकहरुले घडीदेखि दराजसम्म उपहार पाएका छन् । मल्टीसप्लायर्सले सञ्चालन गरेको चिठ्ठा उपहार योजनाअन्तर्गत एक वर्षको अवधिमा १० हजारभन्दा माथी मूल्यको सामान खरिद गरेका ग्राहकहरुले सो उपहार पाएका हुन् ।

कुपन नं ४५३ का ग्राहकले २२ हजार मूल्य बराबरको दराज उपहार पाएका छन् । कालिका–३ की दीपा कुमालले मोबाइल सेट, सोही ठाउँकी सुमित्रा विकले टेलिभिजन, माया घलेले इन्डक्सन चुलो, अन्जली गुरुङ र कुपन नं १२०१ ले आइरन, कुपन नं १४९६ लाई फिल्टर तथा कुपन नं १२४८, १७३, ६६३, १५६०, २३३ ले खडी उपहार जितेका छन् ।

चिठ्ठा उपहार योजनाअन्तर्गत पाँच जोडीलाई सौराहाको होटलमा एकरात खान बस्नको सुविधा प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा र मल्टीसप्लायर्सका सञ्चालक ज्ञानेन्द्र प्रसाद दाहालले ग्राहकहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा मल्टीसप्लायर्सका सञ्चालक दाहालले व्यवसाय प्रर्बद्धन र ग्राहकलाई उत्साहित बनाउन चिठ्ठा उपहार योजना सञ्चालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस !