काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरु छिटो भन्दा छिटो अधिवेशन आयोजना गर्न निर्देशन दिनुभएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने बताउनुभयो । अध्यक्ष ओलीले तत्काल अधिवेशन गर्न हरेक जनसंगठनलाई निर्देशित गर्नुभएको हो ।

उहाँले भन्नुभयो – अहिले पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन् । अब यसरी हुँदैन । तयारी पुगेन भन्न पनि पाइदैन । सबै संगठनले अधिवेशन गर्नुपर्छ तर अबिलम्ब गर्ने भनेर आउने चुनावलाई असर पार्नेगरि होइन, पार्टीको मार्गदर्शनमा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस !