चितवन  ।  एमसीसीको विरोधमा यही मंसिर २८ गते चितवन वन्दको घोषणा गरिएको छ । एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै २८ गते चितवन वन्दको आब्हान गरेको हो ।

आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी गरिएको छ ।संघर्ष समितिका सचिव अजीव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजबादरी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन आफुहरुलाई रहेको बताए । उनले बन्द गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताए ।

बन्दका दिन शैक्षिक संस्था,कलकारखाना,बजार र यातायात बन्द रहने पौडेलले जानकारी दिए । यही २८ गते संसदको बैठक आब्हान गरिएको छ । सोही दिन एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !