वीरगञ्ज  ।  बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो ।

सो क्रममा उक्त ट्रक तथा चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । करिब रु पाँच लाख मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान लोड गरिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !