चितवन । पुर्वी चितवनको कालिका-४, पदमपुरमा भोलिदेखि प्रथम पदमपुर पर्यटक सांस्कृतिक तथा ब्यापारीक महोत्सव-२०७८ शुरु हुँदैछ । पुष ४ गतेसम्म हुने सो महोत्सवबाट हुने आम्दानीले स्थानिय श्री साङगे कज्युङ्ग गुम्बा निर्माणमा सहयोग गरिने आयोजकले बताएका छन । महोत्सवबाट करिब ८ देखि १० लाख रुपैया बचत हुने अनुमान गरिएको छ । भोलिबाट शुरु हुने सो महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएका छन । सो गुम्बाको आयोजनामा हुने महोत्सवको संयोजक रन्जित कार्की रहेका छन ।  महोत्सवमा एक सय स्टल रहेका छन । सो महोत्सवमा दर्जनौ कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा राजु परियार, लाहुरे, बिराज भट्ट, दुर्गेस थापा, ज्योति मगर, कमल खत्री, पशुपति शर्मा, मिलन लामा, खुमन अधिकारी, प्रीति आले, उमादेवी खनाल, मार्मिक लामा, प्रकाश पराजुली, अर्जुन सापकोटा, समिक्षा अधिकारी लगायतको प्रस्तुति रहने आयोजकले बताएका छन । आज गुम्बामा आयोजित कार्यक्रममा गुम्बाका अध्यक्ष पदमबहादुर तामाङ, महोत्सव मुल आयोजक समितिका सदस्य एवं बाल उधान समितिका संयोजक सन्तोष तामाङ लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस !