चितवन । पुर्वी चितवनको कालिका-६ मा रहेको जमुनापुर माबीले स्वर्ण जयन्ती मनाउने भएको छ । बिधालय स्थापना भएको ५० बर्ष पूरा भएको उपलक्ष्यमा सो जयन्ती मनाउन लागिएको बिधालयकी प्रधानाध्यापक गिता न्योपानेले जानकारी दिईन । आज बिधालयमा आयोजित स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको भेलाले आगामी पुस महिनामा बिधालयको स्वर्ण जयन्ती भब्य रूपमा सम्पन्न गर्ने निर्णय भएको प्रधानाध्यापक न्योपानेले जानकारी दिईन । सो जयन्तीको अबसरमा बिधालयमा सहयोग गर्नुहुने सहयोगीदाता हरुलाई सम्मान, बिधालयमा बिबिध सांस्कृतिक कार्यक्रम, विभिन्न प्रतियोगिता तथा पुरस्कार बितरण कार्यक्रम समेत गरिने छ । बिधालयमा हुने बृहत सर्वपक्षीय भेलाले स्वर्ण जयन्ती मनाउने दिन तय गरिने प्रधानाध्यापक न्योपानेले जानकारी दिईन । आजको भेला बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद अम्गाईको अध्यक्षतामा भएको थियो । भेलामा सो वडाका जन प्रतिनिधि, बिधालयका पुर्व अध्यक्ष, स्थानिय समाजसेवी, शिक्षक लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस !