काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई अझै बलियो बनाउने बताउनुभएको छ । पार्टीको १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको टिम जुझारु र मेहनती भएकाले पार्टी थप बलियो हुने ओलीको भनाइ छ । उहाँले हरेक समस्यालाई सृजनात्मक र चनाखो ढङ्गले अध्ययन गरेर समाधानको बानी बसाल्न सुझाव दिनुभयो । अध्यक्ष ओलीले एमालेका नेतारकार्यकर्ता अध्ययनशील बन्नुपर्ने र अरू पार्टीले एमालेबाट अनुसरण गर्न सक्ने खालको बन्नुपर्ने बताउनुभयो । उहाँले घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन नसक्ने भन्दै नागरिकको सेवामा विनम्रताका साथ लाग्ने व्यक्ति मात्रै नेता बन्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !