शिशिर सिंखडा, चितवन । । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ ।
ओलीले १८ सय ४० मत पाउनु भएको थियो । उहाँका प्रतिस्पर्धी डा. भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिनुभयो । अध्यक्षमा ३३ मत खाली रहेको थियो ।
चितवनमा १० गतेदेखि जारी एमालेको १०औं महाधिवेशन अन्तर्गतको चुनाव भएको थियो । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६ मत, सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाएर बिजयी हुनु भएको आयोगका संयोजक डा. सुब्बाले जानकारी दिनुभयो ।
अर्का उपाध्यक्षका उम्मेदवार घनश्याम भुसालले भने ७२५ मत पाई पराजित हुनु भएको छ ।
एमालेको सचिवमा गोकर्ण विष्ट १९७६ मत, योगेश भट्टराई १९६४, पद्मा अर्याल १८००, छविलाल विश्वकर्मा १८००,लेखराज भट्ट १७०४, टोपबहादुर रायमाझी १७०० र रघुवीर महासेठ १५१३ मतका साथ निर्वाचित हुनुभएको छ ।
सचिवका उम्मेदवार द्वय भिम आचार्य १३०० मत र टंक कार्की ५०० मत ल्याई पराजित हुनु भएको छ ।
निर्वाचनमा कूल २ हजार ९६ मत खसेको थियो । कुल २ हजार १५३ मतदाता रहेका थिए ।
यस अगाडि नै नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनु भएको हो ।महासचिव पदमा शंकर पोखरेल, उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनु भएको थियो ।
अध्यक्ष
केपी शर्मा ओली १८४० (निर्वाचित)
भीम रावल २२३
खाली मत ३३

उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य १९७६ (निर्वाचित)
सुरेन्द्र पाण्डे १९२५ (निर्वाचित)
सुवासचन्द्र नेम्वाङ १८६५ (निर्वाचित)
विष्णु पौडेल १८५६ (निर्वाचित)
युवराज ज्ञवाली १८४२ (निर्वाचित)
रामबहादुर थापा १७६८
घनश्याम भूसाल ७२५

सचिव
गोकर्ण विष्ट १९७६ (निर्वाचित)
योगेश भट्टराई १९६४ (निर्वाचित)
पद्मा अर्याल १८०० (निर्वाचित)
छविलाल विश्वकर्मा १८०० (निर्वाचित)
लेखराज भट्ट १७०४ (निर्वाचित)
टोपबहादुर रायमाझी १७०० (निर्वाचित)
रघुवीर महासेठ १५१३ (निर्वाचित)
भीम आचार्य १३००
टंक कार्की ५००

प्रतिक्रिया दिनुहोस !