सौराहा, १२ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सोमवार विहानसम्मका लागि स्थगित भएका छन् । निर्वाचन आयोजका अध्यक्ष डा विजय सुब्बाका अनुसार म्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया विहान ८ बजेबाट अघि बढ्नेछन् ।

मतदाता नामावली प्रकाशनपछि उम्मेदवारको मनोनयन प्रक्रिया शुरु भएको थियो । राति महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र उम्मेदवारी फारम वितरणमा प्राविधिक समस्या भएपछि अहिलेकै अवस्थामा स्थगित भएको उहाँको भनाई छ । अध्यक्ष मण्डलको निर्णय अनुसार अब निर्वाचन प्रक्रियाका बाँकी सबै कार्यहरु सोमवार विहान ८ बजेपछि शुरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस !