चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताउनुभएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताउनु भयो । पदाधिकारी र सदस्यहरू पनि सहमतिमै टुंगिने उहाँले बताउनुभयो ।

स्रोतका अनुसार लामो समयदेखि होटेलमै बसिरहेका अध्यक्ष केपी शर्मा ओली सहितका हरुले बन्द सत्रमा घोषणा गरिने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची तयार पारिरहेका छन् ।

सहमतिका लागि भन्दै बिहान १० बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया शुरु गरिएको छैन् ।

हिजोको बन्द सत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । त्यसै अनुसार नाम घोषणा गर्ने र ध्वनी मतका आधारमा पारित गराउने तयारी भइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस !