चितवन । चितवनमा जारी एमालेको १० औँ महाधिवेशनमा आज बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र अझै शुरु हुन सकेको छैन । सर्वसम्मत पदाधिकारी तथा नेतृत्व चयनको एजेन्डा पेचिलो बनेपछी बन्दसत्र संचालनमा ढिलाइ भएको हो । अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावललाई उम्मेदवारी फिर्ता लिन केपी ओली र ओली पक्षीय नेताहरुको सौराहा स्थित होटल पार्क सफारीमा छ्लफल भैरहेको छ । निर्वाचन प्रक्रिया शुरु हुनअघि नै अध्यक्ष रावललाई पनि सहमतिमा ल्याउन ओलीनिकट नेताहरु हिजोदेखि नै लागिपरेको बताइएको छ ।
उता वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि उस्तै सकस छ । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखलको नाम अघि सारेका छन् । अर्का दावेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । तर एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् । नेम्वाङलाई जनजाति प्रतिनिधिहरुले समेत दाबी नछाड्न दबाव दिएका छन् ।
यस्तै ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन् । तर पौडेल सहमत भइसकेका छैनन । १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुको समेत आफूलाई समर्थन गरेको भन्दै उनी पोखरेललाई महासचिव छाड्न तयार नभएको श्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस !