सुर्खेत ।  नेपालगन्जदेखि जाजरकोट राडिबजार जाँदै गरेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दूर्घटनामा २७ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नंवरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो ।

मृतकहरुको अहिलेसम्म सनाखत नभएको र घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटना कसरी भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !