चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका नेता भीम रावलले प्रतिनिधिसँग आफूलाई भोट मागेका छन् ।

नेकपा एमालेमा १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न सुरु गरेका हुन् ।

आफूलाई विश्वास गरेर भोट दिन उनले प्रतिनिधिहरुसँग आग्रह गरिरहेका छन् ।

केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिएको थियो । तर रावलले अध्यक्षमा भोट नै माग्न सुरु गरेपछि निर्वाचन हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस !