चितवन । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ । पूर्वी चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र हलमा अध्यक्ष केपी शर्मा ओली पुग्नुभएको छ । बन्द सत्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् ।
बन्द शत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नु हुनेछ ।
महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले हिजो साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने छ ।
बैठकले १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो । हिजो सुरु भएको एमाले महाधिवेशनमा आज उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस !