चितवन । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि निर्वाचन समितिले ८ बुँदे आचारसंहिता तयार गरेको छ । ९ गते बसेको बैठकले नै निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन समितिका अध्यक्ष विजय सुब्बाले बताए ।आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने उल्लेख छ ।प्रचारप्रसारका लागि ४ इन्चसम्मको प्रचार सामग्री तयार गर्न पाइने जनाइएको छ ।

बन्दसत्र अवधिमा कसैले छुट्टै भेला गर्नसमेत बन्देज लगाइएको छ । त्यस्तै भोजभतेर गर्न नदिने र मादक पदर्थ सेवन गरेर प्रचार गर्न नपाइने भएको छ । समूहगत रुपमा उम्मेदवारी लेखिएका वा छापिएका सामग्री हेरेर मतदान गर्ने नपाइने भएको छ ।अहिले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्रिय राजनीत मात्रै तरंगित बनाएको छैन, छिमेक र अन्तर्राष्ट्रिय जगतमा समेत यसको चासो र चर्चा छ ।मुलुकको सबैभन्दा ठूलो दल र भोलि मुलुकको नेतृत्व गर्ने पार्टी भएकाले पनि यसपटकको एमाले महाधिवेशनलाई आमजनता र कार्यकर्ताले मात्र नभइ अन्य राजनीतिक दलले पनि चासोका साथ हेर्नु स्वभाविक हो ।

यसअघि काठमाडौंमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेको जारी महाधिवेशनले आगामी पाँच वर्षका लागि नेतृत्व छान्नेछ । पार्टीको नीति, सिद्धान्त, रणनीति र कार्यनीतिको विषयमा मूलतः विधान महाधिवेशनबाट टुंगो लगाएको छ ।पार्टीको अहिलेको महाधिवेशनको अभिभारा भनेको नै सशक्त नेतृत्व छान्नु हो । जुन नेतृत्वले भोलि राष्ट्र हाँक्ने, राष्ट्रियताको रक्षा गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई साकार पार्नु छ । त्यसका लागि यतिबेला एमालेको निर्विकल्प नेतृत्व भनेको केपी ओली नै हुनुहुन्छ । यसअघि नै पार्टीको नेतृत्व गरिसकेका ओलीलाई किन पुनः अध्यक्ष भन्ने प्रश्न उठ्न पनि सक्छ । तर यतिबेला मुलुकको सबैभन्दा ठूलो पार्टी भए पनि फुटको समाना गर्न परेको छ ।

गठबन्धनको नाममा देशी विदेशी प्रतिक्रियावादी र घरेलु यथास्थितिवादी प्रतिगमनकारी शक्तिविरुद्ध लड्नु पर्नेछ । पुनः स्थानीय र आम निर्वाचनमार्फत् एमालेलाई जनताद्वारा अनुमोदन गराएर राष्ट्रियताको रक्षा र लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउनुपर्ने चुनौती छ । फेरि नेकपा एमालेलाई एकताबद्ध बनाउँदै वाम ध्रुवीकरण गरी उग्रक्रान्तिकारी र दक्षिणपन्थ अवसरवादीविरुद्ध संघर्ष गर्नुपर्नेछ ।एमालेविरुद्ध सिर्जना गरिएको भ्रमहरुलाई चिर्नुपर्ने छ । यसका लागि एक मात्र विकल्प सक्षम र पार्टी हाँक्नेसक्ने नेतृत्व भनेकै दक्षिण एसियाको राजनीतिमा समेत हावीहुँदै अन्तर्राष्ट्रियरुपमा समेत स्थापित गर्न केपी शर्मा ओलीको नेतृत्व आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस !