चितवन । नेकपा एमालेले केन्द्रिय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने भएको छ । शुक्रबार सौराहामा यो कार्यकालको बसेको पार्टीको अन्तिम केन्द्रिय कमिटी वैठकले सो निर्णय गरेको हो । एमालेले ९९ सदस्यीस पाेलिटब्यूराे गठन गर्ने निर्णयसमेत गरेकाे छ । यस्तै स्थायी समिति सदस्यल ४५ सदस्यीय हुने भएकाे छ ।  पदाधिकारी संख्यासमेत थप गरिएकाे छ । जसअनुसार उपाध्यक्ष ८ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेकाे छ । यस्तै एमालेकाे सचिवालय १९ सदस्यीय हुने भएकाे छ । हाल पदाधिकारीमध्यबाट ५ जनाकाे सचिवालय बनाउने व्यवस्था रहेकाे थियाे । नेकपा एमालेले पार्टीको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई सच्याएको छ । आज बसेको केन्द्रिय कमिटी वैठकले पार्टीको विधानमा रहेको उक्त व्यवस्थालाई खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस !