चितवन। नेकपा एमालेको दशौँ महाधिवेशनमा शीर्ष नेताहरूले सम्बोधन गर्ने क्रम सुरु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता रामबहादुर थापा बादलले देशी विदेशी तत्त्वले नेकपालाई तीन टुक्रामा पारेको आरोप लगाउनुभएको छ ।

चितवनमा सुरु भएको एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले देशी, विदेशी तत्त्वले देशलाई फेरि अशान्तिमा धकेल्ने काम गरेको टिप्पणी गर्नुभयो । साथै कोरोना महामारीपछि अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति सहज र सामान्य नरहेको समेत बताउनुभएको छ । महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पुगिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !