चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गरेका छन् । उनले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।

एमालेले पहिलोपटक रिमोर्ट थिचेर झण्डोत्तलनको नयाँ प्रयोग गरेको छ । ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालितरूपमा एकसाथ माथि उठेका थिए । महाधिवेशन उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०‍औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन गरेका थिए ।

महाधिवेशनको उद्घाटन समारोह अहिले जारी छ । समारोहमा एमालेका लाखौं कार्यकर्ता र शुभेच्छुकहरु नारायणी नदी किनारमा उपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !