चितवन । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले केपि शर्मा ओली नै पार्टी अध्यक्ष हुने बताउँनु भएको छ । माधिवेशनमा सहभागि हुन चितवन आउँने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै पुन पार्टी अध्यक्ष केपि ओली नै हुने बताउँनु भएको हो । सर्वसम्मत नेतृत्व चयनको बिषयमा कुरा भइरहेको उँहाले बताउँनुभयो । पार्टीमा योगदान पुर्‍याएका पुराना नेताहरु, समावेशिताबाट आएका नेताहरु, नयाँ पुस्ताबाट आएका र सबै भोगोलिक क्षेत्रका नेतालाई समेटेर केन्द्रिय कमिटीमा समावेश गर्नु पर्ने बस्नेतले बताउँनुभयो । उहाँले आफुले काठमाडौँबाटै सचिव पदमा उम्मेदवारि दिएको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस !