चितवन । राष्ट्रिय युवा संघ-नेपाल ,रत्ननगर नगर कमिटि द्वारा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को दसौं राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आयोजनामा गरिएको खुल्ला रक्तदान कार्यक्रम भब्यताका साथ सफल भएको छ । रत्ननगरको सौराहा चोकमा भएको रक्तदान कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा वाग्मती प्रदेश सह-ईन्चार्ज काशीनाथ अधिकारी ज्युको प्रमुख आतिथ्यमा लगाएत बिशिस्ट अतिथि केन्द्रिय सदस्य देबि ज्ञवाली ,केन्द्रिय सदस्य कपिल पोखरेल ,जिल्ला चितवन अध्यक्ष पार्वती रावल, जिल्ला सचिब प्रकाश खनाल , राष्ट्रिय युवा संघ-नेपालका केन्द्रिय सचिब प्रताप डल्लाकोटी ,केन्द्रिय सदस्य सुरज गुरुङ ,ऋतु गिरी ,जिल्ला संयोजक शुसिल केसी ज्यु लगाएतको सहभागी भएको थियो । उक्त कार्यक्रम बोल्दै प्रमुख अतिथि अधिकारीले जिल्लामा भएको रक्त अभावका कारण कोहि कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अधिबेशन लक्ष्यित गरि कार्यक्रम राख्नुभएकोमा राष्ट्रिय युवा संघ-नेपाल रत्ननगर नगरकमिटीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ-नेपाल रत्ननगर नगरकमिटीका संयोजक राम प्रसाद पाण्डे ज्युले गर्नुभएको थियो । अध्यक्ष पाण्डेले अध्यक्षको मन्तव्य दिदै प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरले रक्त अभाव भएको जानकारी दिए पछि हामीले जिल्लावासीलाई सहयोग स्वरुप रक्तदान कार्यक्रम गरेको हो । युवा संघले हिजोका दिन देखि सामाजिक कार्य गर्दै आएको र भोलिका दिनमा अझ पार्टीका अग्रज नेताहरूको सहकार्यमा ससक्त भएर लाग्ने छौं साथै कार्यक्रम सफल बनाउन सम्पुर्ण सहयोगी संघसंस्थाहरु,वडा कमिटीका साथीहरू ,सुरक्षाकर्मी ,पत्रकार मित्रहरूलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयो ।

आज रक्तदान कार्यक्रममा १०६ जनाको सहभागीता रहेकोमा महिला १२ र पुरुष ९४ जना रहेको नगर अध्यक्ष पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !