चितवन । चितवनको बजारमा पहिलो पटक महिन्द्राको इलेक्ट्रोनिक ट्रयो अटो लन्च गरिएको छ । भरतपुरको हाकिमचोकमा रहेको महिन्द्राको सोरुममा आज एक कार्यक्रम गरि महिन्द्रा ट्रयो नामक अटो लन्च गरिएको हो । सो अट्रोको नेपाली मुल्य रु ८ लाख ४० हजार पर्ने महिन्द्राको निर्यात कर्ता हिमान्शु अग्रवालले बताए । उनले अटो एक पटक चार्ज गर्दा १ सय ३० किलोमिटर गुड्ने जानकारी दिए ।
अटो पुरा चार्ज हुन ३ घण्टा ५० मिनेट लाग्ने अग्रवाले बताए । उनले एक पटक चार्ज गर्न ८ युनिट विद्घयुत लाग्ने बताए । ट्रयो अटोको ३ वर्ष वारेन्टी र ब्याट्रीको आयु ५ वर्षको रहेको जानकारी दिए । सो अटोको ब्याट्री ७.३७ किलो हर्ज पावरको छ ।

कार्यक्रममा बोल्दै सेन्टर अटोजोन प्रमुख राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उनले यो अटो चितवनका लागि उपयुक्त ठानेर भित्र्याएको बताए ।


कार्यक्रममा महिन्द्राको निर्यात कर्ता हिमान्शु अग्रवाल, भरतपुर यातायत कार्यलयका प्रमुख बिनोद पौडेल, जिल्ला ट्राफिक कार्यालय प्रमुख भगवान राज थापा लगायतका उपस्थिती रहेको थियो ।
कार्यक्रम सेन्टर अटोजोन प्रमुख राजेन्द्र कुमार बाटाजुको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य सेन्टर अट्रोजोन भरतपुरका म्यानेजर राजेन्द्र कुमार बरालले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !