चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारि  तिब्र गतिमा भैरहेको छ । एमालेले महाधिवेशनको प्रचार गर्नका लागि भोलि निकाल्ने मोटरसाइकल र्‍यालीको तयारी पूरा भएको छ । यही मङ्सिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि भोलि मङ्गलबार मोटरसाइलक र्‍यालीको आयोजना गरिएको हो ।

जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल र्‍याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए । -यालीको संयोजन युवासंघ नेपाल चितवनले गरेको छ । मोटरसाइकल -यालीमा बृहत् सहभागिता जनाउने गरी तयारी भएको संयोजक सुवेदीले बताए।
भोलि मङ्गलबार दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु हुने मोटरसाइकल -यालीले भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !