चितवन ।  नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्रको लागि दुई हजार प्रतिनिधि अट्ने डोम (सभाहल) निर्माण सुरु गरिएको छ ।

बन्दसत्र हुने होटल सेभेन स्टारसँंगै जोडिएको दुर्ई विघा जग्गामा डोम निर्माण सुरु गरिएको प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । दुई हजार प्रतिनिधि सजिलै अट्ने गरी १३ हजार ६८ स्क्वायरफिटको डोम र १ हजार २०० स्क्वायरफिटको मञ्च निर्माण भइरहेको छ । होटलको दक्षिण तर्फ दुई बिघा क्षेत्रफलमा पाकिङको व्यवस्था गरिएको छ ।

नारायणी नदी किनारमा यही मंसिर १० गते महाधिवेशनको उद्घाटन समारोह सकिएपछि ११ र १२ गते सौराहामा बन्द सत्र हुनेछ । बन्दसत्रमा करिब २ हजार प्रतिनिधि सहभागी हुँदैछन् । प्रतिनिधिको अलवा सौराहामा दुई दिन हुने बन्द सत्रका क्रममा करिब ५ हजार मान्छे आउने अपेक्षा व्यवसायीहरुले गरेका छन् । प्रतिनिधि, पाहुना, प्रहरी र पत्रकारलाई राख्न एमालेले सौराहामा ३ हजार ५०० रुम बुक गरेको छ ।

प्रतिनिधिका लागि दुई छाक खाना र ३ पटकको नास्ता होटलमै व्यवस्था गरिएको छ । ११ गते र १२ गते विहानको खाना सामुहिक रुपमा खाने गरी होटल सेभेन स्टारले व्यवस्थापन गर्नेछ । सौराहामा बन्त्रसत्रको लागि आवश्यक पूर्वाधार मंसिर ९ गते बेलुकासम्म निर्माण भइसक्ने सुबेदीले बताए ।

 

प्रतिक्रिया दिनुहोस !