काठमाडौं । सरकारले आगामी राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको हो ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एकजना राष्ट्रपतिबाट मनोनित हुनेछन् भने १९ जना निर्वाचनबाट आउनेछन् । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस !