
चितवन । चितवनको पहाडी वस्ती इच्छाकामना गाउँपालिका वडा नं. २ मा रहेको ४ वटा विद्यालयका २ सय ८४ जना विद्यार्थीहरूलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । सेवा अहिले नेपाल काठमाडौँको सहयोगमा विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरिएको हो । राष्ट्रिय आधारभूत विद्यालय मायाटारका २ सय ६ जना, राष्ट्रिय आधारभूत विद्यालय ओ¥र्याङका २२ जना, राष्ट्रिय आधारभूत विद्यालय ल्यान्धरका २५ जना त्यस्तैगरी राष्ट्रिय आधारभूत विद्यालय डाँडागाउँका ३१ जना विद्यार्थीहरूलाई ट्राउजर, ज्याकेट र टोपी सहयोग उपलब्ध गराइएको थियो । संस्थाद्वारा बिहिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना वडा नं. २ का वडा अध्यक्ष पञ्च बहादुर चेपाङले विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्नुभएको थियो । सेवा अहिले नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पञ्च बहादुर चेपाङ, वडा सदस्य माया गुरूङ, राष्ट्रिय आधारभूत विद्यालय मायाटारका प्रधानाध्यापक पदम बहादुर प्रजा, राष्ट्रिय आधारभूत विद्यालय ओ¥र्याङका प्रधानाध्यापक कमला भण्डारी, राष्ट्रिय आधारभूत विद्यालय ल्यान्धरका प्रधानाध्यापक सन्त बहादुर प्रजा, राष्ट्रिय आधारभूत विद्यालय डाँडागाउँका शिक्षक हर्क बहादुर रानामगर, मायाटार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद गुरूङ, सेवा अहिले नेपालका अध्यक्ष रेविका ढकाल, संस्थाका सदस्य शोभा ढकाल, कार्यक्रम प्रमुख जगदिशचन्द्र पोख्रेल, चितवन प्रतिनिधि ईश्वर कुमार श्रेष्ठ, पत्रकार शिशिर सिंखडा लगायतले सो कार्यक्रममा मन्त्व्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी इच्छाकामना वडा नं. २ वायुडाँडामा सेवा अहिले नेपाल काठमाडौँकै सहयोगमा २५ जना महिलाहरूका लागि निशुल्क सिलाइ कटाइ तालिम उद्घाटन गरिएको छ । बिहिबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रेविका ढकाल, संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकाल, पत्रकार शिशिर सिंखडा, प्रशिक्षक सिता डंगोल, संस्थाका सदस्य शोभा ढकाल, कार्यक्रम प्रमुख जगदिशचन्द्र पोख्रेल, चितवन जिल्ला प्रतिनिधि ईश्वर कुमार श्रेष्ठ, स्थानीय समाजसेवी सुवाश चेपाङ लगायतले सो तालिम उद्घाटनको अवसरमा मन्तव्य व्यक्त गरेका थिए । संस्थाले यस अगाडि पनि चितवनका विभिन्न क्षेत्रमा निशुल्क सिलाइ कटाइ तालिम, विद्यार्थीहरूका लागि न्यानो कपडा, स्टेशनरी लगायतका सामग्रीहरू सहयोग गर्नुका साथै विपन्न वस्तीहरूमा खाद्यान्न लगायतका सहयोगहरू समेत उपलब्ध गराउदै आएको छ ।